भरतपुर सेन्ट्रल हस्पिटल र नेशनल सिटी हस्पिटलमा कामना सेवा विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौँ - कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. सँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुखसुवास भट्टराई, भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी हस्पिटल लि. का तर्फबाट हस्पिटल प्रबन्धक बिक्रम अधिकारीले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति : Friday, May 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal