×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कामना सेवा बिकस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । 
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्स । सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । 
काठमाण्डौ- ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशको विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।  साथै बैंकले ABBS, Internet Banking, Mobile Banking C- ASBA ,लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्गसेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरुथप गर्दैजाने बैंकको योजना रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: