कामना सेवा विकास बैंकको ‘कामना सेवा रेमिट’ सेवा सञ्चालनमा, ७५०० एजेन्टमार्फत भुक्तानी हुने

काठमाडौँ - कामना सेवा विकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् ।

विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टमार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।
प्रकाशित मिति : Wednesday, May 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal