×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४५७.२३%ले वृद्धि

काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ४५७.२३%ले वृद्धि गरी ६६ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले यहि अवधिमा ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३.४१% र ४५७.१८% ले वृद्धि गरेको छ ।  गत वर्ष कर्णालीले ४ करोड ४१ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमास बढाएर ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा १८ लाख ७८ हजार रुपैयाँबाट बढेर १ करोड ४ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ९८ करोड २९ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ३१ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड १६ लाख १७ हजार रुपैयाँ जम्मा गरेको छ । 
यता, बैंकको खराब कर्जा १.५७% रहेकको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ भने ११० रुपैयाँ २७ पैसा रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: