लिबर्टी इनर्जीको ३७ लाख ५० हजार कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं - लिबर्टी इनर्जी कम्पनीले ३७ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डसँग बैंकले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्नको लागि अनुमति मागेको हो ।  

कम्पनीको आइपीओमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । 
प्रकाशित मिति : Tuesday, May 07, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal