×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डडेलधुरामा माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ्ग सेवा सुरु

 डडेलधुरा

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका-७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: