×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रुपन्देहीमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

 रुपन्देही

काठमाडौं – रुपन्देहीमा माछापुच्छ्रे बैंकले शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जानकारी दिएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना एक सय शाखाहरु लगायत ९८ शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा १९८ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: