नेपाल बङ्गलादेश बैंकले मृतकको परिवारलाई दियो एक लाख ३० हजार रुपैयाँ

काठमाडौं - नेपाल बङ्गलादेश बैंकले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको परिवारलाई एक लाख ३० हजार २४८ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच बीमा दावी बराबरको सो रकम दुर्घटनामा परी निधन भएका देउला मृतक निजको हकवाला श्रीमती हरीशोभा मर्हजनलाई दिएको हो ।

साथै, यस बैंकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

हाल बैंकले आफ्नो ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ७२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
प्रकाशित मिति : Friday, May 17, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal