×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकको ४० करोड रुपैयाँ डुब्यो !

  • सुदर्शन श्रेष्ठ
काठमाडौँ । एनसीसी बैंकको ४० करोड रुपैयाँ डुब्ने भएको छ । बैंकले आफुसँग मर्ज गरेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैङ्कले गरेको लगानीमध्ये ४० करोड रुपैयाँ नउठ्ने देखिएको हो । थप खराब कर्जा पनि भएको भएपनि एनसीसी बैंकको ४० करोड रुपैयाँ भने नउठ्ने भएको हो । तत्कालीन एपेक्सले गरेको लगानीमध्ये बैंकले अचल सम्पत्ति जफत गरी करिव ६० करोड रुपैयाँ भने उठाएको थियो । ४० करोड रुपैयाँ भने उठ्ने नसक्ने अवस्थामा रहेको बैंकका अध्यक्षले नै स्वीकारेका छन् ।
तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी लगायतका ठाउँमा प्रवाह गरेको कर्जा उठ्न नसकेको हो । एनसीसीले एपेक्सको झन्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैङ्कले कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन) गर्न निर्देशन दिएको थियो । स्मरण रहोस् एपेक्स डेभलोपमेन्ट बैंकले लगानी गरेको कर्जा असुरक्षित छ भन्ने तथ्यसहितको समाचार पहिलो पटक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो ।
यता बैंकका अध्यक्ष न्यौपानेले भने एपेक्सले गरेको लगानीमध्ये पनि धेरै रकम उठिसकेकाले अव त्यसले बैंकलाई खासै फरक नपर्ने बताएका छन् ।पछिल्लो तथ्यांक हेर्ने हो भने एनसीसीको खराब कर्जा ३.२६ प्रतिशत छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: