लमजुङको दुईपिप्लेमा एनसीसी बैंकको शाखा बिस्तार, शाखा संख्या १२४ पुग्यो

 लमजुङ्ग
काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Sunday, May 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal