एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ ।

स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम बैंकका देशभरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर भुक्तानी पाउने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनीमनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : Wednesday, May 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal