×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसिया बैंकको ४४ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल !

काठमाडौं – एनआइसी एसिया बैंकले ४४ लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ४४ लाख कित्ता ऋणपत्रमध्ये ४०% (१७ लाख ६० हजार इकाई) धितोपत्र बोर्डको अनुमतिपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । बाँकी ६०% (२६ लाख ४० हजार इकाई) अन्य संघसंस्थालाई बिक्री हुनेछ ।
बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४४ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ७ वर्ष अवधि रहने ‘एनआइसी एसिया ऋणपत्र २०८३/८४’ नामक ऋणपत्र जारी गर्न लागेको हो । बैंकले वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र ७ वर्षमा परिपक्क हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ । 
ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: