×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङजाको आँधिखोलामा, गाउँपालिकाका प्रमुख पौड्यालले गरे उद्घाटन

 स्याङजा

काठमाडौँ – एनआईसी एशिया बैंकले स्याङजा जिल्ला,आँधिखोला गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै उक्त स्थानमा समेत आफ्नो शाखा कार्यलयको विस्तार गरेको हो ।
उक्त नयाँ शाखाको उद्घाटन स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजा स्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले गरे ।
हालसम्म बैंकले मुलुकभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: