×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिलोत्तमा नगरपालिका र एनआइसी एशिया बैंकले गुटबन्दी गरेको भन्दै अन्य बैंकहरु संघर्षको तयारीमा, के भन्छन् मेयर ?

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सबै बर्गका खाताहरु एनआइसी एशिया बैंकमा खोलेको र नगरपालिकाको तलव खाता, उपभोक्ता समितिको खाता लगायतका खाता पनि एनआइसी एशिया बैंकमै खोलेको र कारोबार पनि उक्त बैंकहरुबाट नै भइरहेको भनी सार्वजनिक रुपमै पत्र प्रकाशन गरेपछि अहिले अन्य बैंकका व्यवस्थापकहरु र एनआइसी एशिया बैंकको सेवाबाट असन्तुष्ट भएका सेवाग्राहीहरु नगरपालिकाको सो कार्यबाट रुष्ट भएका छन् । नगरपालिकाले सरकारी बैंकहरुलाई प्राथमिकता दिनुपर्नेमा कुनै निजी बैंकलाई आफ्नो खातापाता जिम्मा लगाएको भन्दै सेवाग्राहीसमेत रुष्ट भएका हुन् । नगरपालिकाले नै सरकारी बैंकहरुलाई वास्ता नगरेर कुनै एक निजी बैंकलाइ कारोबारको सबै जिम्मा दिएपछि अन्य बैंकका बैंकर र सर्वसाधारणले यसलाई गुटबन्दीको संज्ञा दिएका हुन्। 
एनआइसी एशिया बैंकमा खाता खोल्न पत्र !
आफ्ना मातहतका सबै निकायहरुलाई नगरपालिकाले पत्रमार्फत आफ्नो निकायमा पायक पर्ने स्थानमा सो बैंकमा खाता खोल्न भनेको छ । साथै आफ्ना सम्पूर्ण मातहतका निकायमा जम्मा भएको रकमसमेत उक्त बैंकमा खोलिएको खातामा जम्मा गर्नुपर्ने पत्रमा उल्लेख छ । क्यासलेस नगरपालिका बनाउने भन्दै नगरपालिकाले पत्र मार्फत नै आफ्नो मात्र होइन आफ्ना मातहतका निकायहरुलाईसमेत एनआइसी एशिया बैंकमै खाता खोल्न परिपत्र गरेपछि त्यहाँक बैंकर र उक्त बैंकको सेवा चित्त नबुझेका सेवाग्राहीहरु रुष्ट भएका हुन् । 
हेर्नुहोस् नगरपालिकाले प्रेषित गरेको पत्र : 
नगरपालिकाका मेयर भन्छन्, ‘अरु बैंकलाई असयोग गरेको होइन’
यता नगरपालिकाका मेयर बासुदेव घिमिरेले भने एनआइसी एशिया बैंकले राष्ट्र बैंकको स्वीकृति लिएर, आफैं खर्च गरेर एक्सटेन्सन् काउन्टर खोलेको र अन्य बैंकले त्यस्तो रिस्क लिन नसकेकाले एनआइसी एशिया बैंकसँग कारोबार भइरहेको दावी गरेका छन् । ‘सरकारी कार्यालय भनेपछि त सरकारी बैंकहरुलाई प्राथमिकता दिनुपर्ने होइन र ?’ भन्ने हाम्रो प्रश्नमा उनले सुरुमा प्रतिप्रश्न गरे, ” तपाईंले त्यो पत्र देख्नुभएको, पढ्नुभएको हो कि त्यतिकै भनेको ?’ हामीले पढेको भन्ने जानकारी दिंदै सरकारी बैंकहरुलाई प्राथमिकता दिनुपर्ने होइन र ? भन्ने प्रश्न गरेपछि उनले भने, ‘अरुलाई सहयोग नगर्ने भन्ने होइन । तर एनआइसी एशिया बैंक आफैं खर्च गरेर आएको छ । सबै नागरिकको खाता खोलौं भन्ने सरकारी योजना अनुसार हामी पनि अगाडी बढेका हौँ । नेपाल राष्ट्र बैंकको नियम नमान्ने वा अरु बैंकलाई नमान्ने भन्ने होइन । त्यो पत्रको व्यहोरा सबै हेर्न पाएको छैन । अर्को एक जना साथीले पनि मलाइ खबर गर्नुभएको थियो ।’ उनले भने । हामीले यस विषयमा बैंकर र सर्वसाधारणको गुनासो आइरहेको बारे थप प्रश्न गर्दै थियौं उनले ‘हस हस्’ भन्दै फोन काटे । 
अन्य बैंकका मेनेजरहरु भन्छन्, ‘गणतन्त्र एनआइसी एशिया बैंकलाई मात्र आएको रहेछ’
यता अन्य बैंकका ब्रान्च मेनेजरले भने आरुहरुलाई नगरपालिकाले हेपेको आरोप लगाएका छन् । ‘सबै मातहतका खाता एनआइसी एशिया बैंकलाई नै किन खोल्न दिने ? हामी चाहिं बैंक होइनौं ? के हाम्रोचाहिं यहाँ योगदान छैन ? हामीले पनि त सामाजिक उत्तरदाहित्वका काम गरेकै छौं । लोकतन्त्र वा गणतन्त्र एनआइसी एशिया बैंकलाई मात्र आएको हो ?’ एक अर्का बैंकका ब्रान्च मेनेजरले गुनासो पोख्दै भने, ‘सबै डिपोजिट उनीहरुकै बैंकमा राखिएको छ । सरकारी बैंक थियो भनेपनि चित्त बुझाउने ठाउँ थियो । यो त निजि बैंक भयो । यसलाई हामीले पोलिसी करप्सनको रुपमा लिएका छौं । सरकारी निकायले नै यसरी कुनै प्राइभेट बैंकको काखी च्यापेको देखेर आफुहरुलाई लोकतन्त्र नै नआएको महसुस भएको छ ।’ यता थुप्रै सेवाग्राहीले समेत एनआइसी एशिया बैंकमा कारोबार गर्न निकै अफ्ट्यारो हुने, लामो समय लाइन बस्नुपर्ने, र कर्मचारीको व्यवहार पनि नराम्रो भएको गुनासो पोख्दै आएका छन् । 
आन्तरिक संघर्षको तयारी !
यसो त अन्य बैंकका कर्मचारीहरुले नगरपालिकाको यो काम विरुद्ध आन्तरिक संघर्षको तयारी गरिरहेको बताएका छन् । ‘ यो सार्है भएको छ । अव धेरै सहने कुरा हुन्न । कि नगरपालिकाले अरु बैंक हट्नुस, एनआइसी एशिया बैंकमात्र यहाँ रहन्छ भन्नुपर्यो, कि सरकारी बैंकहरुलाई प्राथमिकता दिनुपर्यो, कि हामीलाई पनि ठाउँ दिनुपर्यो ।’ एनआइसी एशिया बैंकलाई मात्र नगरपालिकाले पोसेको भन्दै संघर्षका कार्यक्रम बनाइरहेका एक बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘सुरुमा हामी मेयर सापलाई ज्ञापन पत्र लिएर जान्छौं । त्यति हुँदा पनि भएन भने हामी सार्वजनिक रुपमै यो गलत प्रवृतिको भण्डाफोर गर्छौं । एनआइसी एशिया बैंक र तिलोत्तमा नगरपालिकाले गुटबन्दी गरेको छ । यो गुटबन्दी ध्वस्त नबनेसम्म यसले सबैलाई पिरोल्छ । ‘
यता हामीले मेयर सापको शब्द सापटी लिंदै सोध्यौँ, ‘एनआइसी एशिया बैंकले आफैंले खर्च गरेको छ, अरुले यो रिस्क लिन चाहेनन् भन्ने कुरा आयो नि !?’ हाम्रो प्रश्नमा ती बैंकरले भने, ‘हाम्रो बैंक एक्सटेन्सन काउन्टर खोल्न नसक्ने भन्ने कुरा मेयर सापले भन्नुहुन्छ भने त्यो निकै गलत कुरा हो । हामीलाई मौका दिनुपर्यो, काउन्टर होइन त्यहाँभित्र शाखा खोल्ने हैसियत राख्छौं हामी । सुटुक्क उता कुरा मिलाउने अनि हामीलाई असक्षम जस्तो देखाउने काम गलत भयो । बैंकिङमा नम्बर वान भनेको त एनआइसी एशिया बैंक त सेटिङमा पो नम्बर १ रहेछ त !’    
भूमिगत शैलीमा सम्पर्कविहिन छन् एनआइसी एशिया बैंकका सूचना अधिकारी !
यता एनआइसी एशिया बैंकका सूचना अधिकारी अर्जुन खनियाँ भने भूमिगत शैलीमा सम्पर्कविहिन छन् । अर्थ सरोकारले पटक पटक यो विषयमा कुराकानी गर्न उनलाई फोन गर्दा उनले फोन उठाएनन् भने हामीले पठाएको एसएमएससमेतको रेस्पोन्स गरेनन् । एउटा मिडियाका सम्पादकलाई यति इग्नोर गर्ने बैंकका सूचना अधिकारी कसरी सूचना अधिकारी नै भएर बसीरहेका छन् त ? यिनले अरुलाई के सूचना उपलब्ध गराउलान् ? भन्ने प्रश्न उठेको छ । हामीले सूचना अधिकारी नै भूमिगत भएको बारे सूचना आयोगमा समेत बुझेका थियौं । ‘सूचना अधिकारी त ‘एभाईलेबल हुनुपर्छ । हामीकहाँ उजुरी गर्नुभयो भने मध्यस्तता गर्छौं ।’ सूचना आयोगका एक कर्मचारीले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: