एनआईसी एशिया बैंक र नोबेल हस्पिटलबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई स्वास्थ्य सेवामा २५% सम्मको छुट

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट प्रदान गर्ने भएको छ । 
प्रकाशित मिति : Wednesday, May 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal