एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई स्वास्थ्य सेवामा १०%सम्म छुट

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रा.लि., काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई स्पार्क हेल्थहोममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हेल्थहोमको तर्फबाट स्पार्क हेल्थहोमका कार्यकारी निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : Wednesday, May 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal