×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फेसबुक र युट्युबको बिज्ञापनमाथि लगाम लगाउँदै राष्ट्र बैंक, नियम नमाने डलर अपचलनको मुद्धा चलाइने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले फेसबुक र युट्युबको बिज्ञापनमा लगाम लगाउने भएको छ । अबैधानिक रुपमा ‘विच्याट’, ‘अलीपे’ लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्ध लगाउन सफल भएपछि राष्ट्र बैंकले अव फेसबुक र युट्युबको बिज्ञापन बजारमा पनि हस्तक्षेपकारी भूमिका खेल्न लागेको हो । विदेशमा रहेका नेपालीबाट फेसबुक र युट्युवको पैसा भुक्तानी गर्ने तर नेपालीसँग यहाँ उठाउने गर्दा बाहिरबाट आउने पैसा रोकिएको भन्दै नेपाल राष्ट्र बैंकले यस्तो कठोर तयारी गरेको हो । 
केही बिज्ञापन एजेन्सीहरुले संगठित रुपमै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बिज्ञापन फेसबुक र युट्युबमा गरिरहेको गुनासो आएपछि नेपाल राष्ट्र बैंक यस विषयमा तातेको हो । ‘यसमा हामी हेर्छौं । धेरै गुनासो आएको छ । बिज्ञापन गर्नेमात्र होइन फेसबुक र युट्युबबाट नेपाल भित्रने पैसाका विषयमा पनि हामी कसरी त्यसलाई व्यवस्थित बनाउन सकिन्छ भन्नेतर्फ सोचिरहेका छौं । ‘ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘विभिन्न एजेन्सीले देखादेखी रुपमा हुण्डीजस्तै कारोबार गरिरहेका छन् । यसलाई नियन्त्रण गर्नुपर्छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: