×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंकको खुद नाफा ३.१७% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नबिल बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३.१७% ले धेरै हो ।  गत वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी १८.३८% ले वृद्धि भएर ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोढ ९७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ६.०३% ले बढेर ४ अर्ब ५० करोड ७४ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४ अर्ब २५ करोड ७ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले निक्षेप १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपैयाँ संकलन गरी कर्जा १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपैयाँ प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जा ०.६४% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत बर्सको तुलनामा केही घटेको छ । बैंकको प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६९ पैसा रहेको छ।  गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७४ पैसा रहेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: