×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागबेली लघुवित्तको खुद नाफा १५.५२% ले वृद्धि, कति भयो खुद ब्याज आम्दानी ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नागबेली लघुवित्तको खुद नाफा १५.५२% ले वृद्धि, कति भयो खुद ब्याज आम्दानी ? (विवरणसहित)

काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा १५.५२% ले वृद्धि गरी २ करोड १२ लाख ४६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५५.१९% र ५४.१७% ले वृद्धि भएको छ । संस्थाले खुद ब्याज आम्दानी ३ करोड ८३ लाख ५१ हजार रुपैयाँबाट बढाएर ५ करोड ९५ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा बढेर ३ करोड २८ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
नागबेली लघुवित्तले ११८.७७% ले चुक्त पुँजी वृद्धि गरी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा १० करोड ८४ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा ६ करोड ४५ लाख ९२ हजार रुपैयाँ मात्र रहेको थियो । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: