×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महोत्तरीको रामगोपालपुरमा नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा सञ्चालन

काठमाडौँ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ रामगोपालपुर बजारमा नयाँ शाखा बिस्तार गरेको छ ।
नयाँ शाखाको उद्घाटन समारोहमा रामगोपालपुर नगरपालिकाका मेयर अशोककुमार मण्डल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.शाखा कार्यालय रामगोपालपुर समुह नं २७ खोपी महिला समूह अध्यक्ष रामदाई देवी र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितिमा रहेको थियो ।
उक्त कार्यक्रममा रामगोपालपुर न.पा. वडा नं ५ को वडाध्यक्ष जितेन्द्रकुमार चौधरी, वडा नं ४ का कारी कमख्या महतो, वडा नं ५ को वडासचिव राजकुमार महतो, इलाका प्रहरी रामगोपालपुरका इन्चार्ज त्रिभुवन साह, जानकी इंगलिस बोर्डिङका प्रअ नागेन्द्रकुमार साहको उपस्थिति थियो ।
त्यसैगरी, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.शाखा कार्यालय बिन्धीको प्रमुख रामलोचन यादव, शाखा कार्यालय जलेश्वरको शाखा प्रमुख संजयकुमार यादव, शाखा कार्यालय हरीपुर्वाको शाखा प्रमुख भोगेन्द्रकुमार यादवसाथै समाजसेवी, राजनीतिक प्रतिनिधी , अभिभावक, ग्राहक, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: