×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको जेठ २४ देखि २० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याजदर १०.५ प्रतिशत !

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले जेठ २४ गतेदेखि २० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमध्ये ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्तालाई, ४० हजार इकाई सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको छ । प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नक्साल र नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । साथै, सी–आस्वाको माध्यमबाट पनि भर्न सकिनेछ ।
यो ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार २२ गतेसम्म भर्न सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: