×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २ अर्ब ५६ करोड ५६ लाख ३८ हजार रुपियाँ, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा  २ अर्ब ५६ करोड ५६ लाख ३८ हजार रुपियाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ९.६१% ले कम हो । गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब ८३ करोड ८४ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ।
बैंकको खुद ब्याज आम्दानी वृद्धि भएको छ भने सञ्चालन नाफा भने केहि घटेको छ। जस कारणले गर्दा खुद नाफा घटेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी १९.२५%ले वृद्धि गरी ४ अर्व ९१ करोड १७ लाख ९८ हजार पुगेको छ ।गत वर्ष ४ अर्ब ११ करोड ८५ लाख ६७ हजार खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष ४ अर्ब ५ करोड ४९ लाख २९ हजार रहेको सञ्चालन नाफा यस वर्षमा ९.०६% ले घटेर ३ अर्ब ६८ करोड ७६ लाख ९ हजारमा सीमित भएको छ । 
यो त्रैमाससम्ममा बैंकले १ खर्ब ४२ अर्ब २ करोड ९० लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी  १ खर्ब २४ अर्ब २ करोड ८७ लाख ४७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ५५ करोड ६४ लाख २ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा३.०४% रहेको छ भने  प्रतिसेयर आम्दानी २७ रुपैयाँ १७ पैसामा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: