नेपाल बंगलादेश बैंकको २० लाख कित्ता ऋणपत्र भर्न थपियो समय, अब कहिले सम्म पाइन्छ भर्न ?


काठमाडौं - नेपाल बंगलादेश बैंकको ऋणपत्र सबै बिक्री नभएपछि म्याद थप गरिएको छ । बैंकले उक्त ऋणपत्रमा असार ८ गतेसम्म आवेदन दिन पाइनेछ । नेपाल बंगलादेश बैंकले जेठ १० गतेदेखि २० लाख कित्ता ऋणपत्र खुला गरेको हो । बैंकले बिक्रि गर्ने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र सामूहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याइएको छ भने बाँकी १२ लाख कित्ता ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

बैंकले '१०.२५% एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र १० वर्षमा परिपक्क हुनेछ । लगानीकर्ताले प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म जेठ १४ गते भित्र आवेदन दिन सक्नेछन् । सो अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार ८ गतेसम्म भर्न सकिनेछ ।

ऋणपत्र बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएको छ । साथै नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंबाट पनि फारम भर्न पाइनेछ । यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७० प्रतिशत कर्जा लगानी, १० प्रतिशत लागनी, १० प्रतिशत शाखा बिस्तार र १० प्रतिशत अन्य प्रयोजनका लागि उपयोग हुनेछ ।
प्रकाशित मिति : Wednesday, May 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal