×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओरियन्टल इन्स्योरेन्सले गर्यो प्रगति, खुद नाफा ३३.८५% ले वृद्धि

काठमाडौं – ओरियन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३३.८५% ले वृद्धि गरी १६ करोड ८१ लाख ४४ हजार ७३९ रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले १२ करोड ५६ लाख १८ हजार १५९ रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीले खुद बिमा शुल्क १५.१८% ले बढाएर ५६ करोड २० लाख ६६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ४८ करोड ७९ लाख ७५ हजार रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । 
यस्तै, पुनर्बिमा कमिशनबाट ३ करोड ९८ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ । यस कम्पनीले ४४ करोड ४४ लाख ९९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी गर्न बाँकी दाबी रकम ४८ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ३६ लाख २५ हजार ९२८ रुपैयाँ जम्मा भएको छ । 
ओरियन्टलको जगेडा कोषमा आकर्षक वृद्धि गरेको देखिन्छ । जीवन बिमा कोषमा २१.३७% ले बढेर ५९ करोड ६२ लाख ३९ हजार ४०६ रुपैयाँ जम्मा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: