पोखरा फाइनान्स र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता, फाइनान्सको सम्पूर्ण शाखाबाट वीमा सेवा लिन सकिने

काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा सेवा पोखरा फाइनान्सबाट पनि पाइने भएको छ । यी दुई कम्पनीले बीमा सेवा सम्बन्धी सम्झौता गरेका हुन् । सम्झौतामा इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रबन्धक राजु के.सी. र फाइनान्सको तर्फबाट डेपुटी सिईयो राजु मोहन भट्टराईले हस्ताक्षर गरे ।

सम्झौता पछि पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । साथै, उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
प्रकाशित मिति : Friday, May 03, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal