×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सले खुद नाफा ३.८२% गिरावट, यस्तो छ घट्नुका कारण

काठमाडौं – पोखरा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ६ करोड २८ लाख १८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३.८२% ले कम हो । गत वर्ष ६ करोड ५३ लाख १६ हजार खुद नाफा कमाएको थियो । 
यस्तै, पोखराको खुद ब्याज आम्दानी भने ४७.७२ % ले बढेको छ । गत वर्ष १२ करोड ६१ लाख ३८ हजार रहेको खुद ब्याज आम्दानी यस त्रैमासमा बढेर १८ करोड ६३ लख ३४ हजार पुगेको हो । यसैगरी, सञ्चालन नाफा पनि गत वर्षको भन्दा २.९०% कम भएको छ । गत वर्ष १० करोड १० लाख २४ हजार रहेको सञ्चालन नाफा यस वर्ष घटेर ९ करोड ८० लाख ८५ हजारमा खुम्चिएको छ । 
यस तेश्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ६५ करोड ३७ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २० करोड ६६ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७३ हजार रहेको छ भने जगेडा कोषमा ३१ करोड २० लाख २० हजार रहेको छ । 
कम्पनीको खराब कर्जा भने १.०४ % रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४० पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: