×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्रभु बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – प्रभु बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बैंकले प्रति कित्ता १ हजारको दरले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।  बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: