×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलालीको हसनपुरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन, श्रम तथा रोजगार कार्यालयका प्रमुख जोशीद्वारा उद्घाटन

 हसनपुर

काठमाडौँ – कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहकाबीच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
आइतबारदेखि सञ्चालनमा आएको बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: