×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु इन्स्योरेन्सको खुद नाफा ७.२१% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६को को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ७.२१% ले वृद्धि गरी १४ करोड २ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले १३ करोड ८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद बिमा शुल्क ३.५२% ले वृद्धि भएको छ । गत वर्ष कम्पनीले ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क यो त्रैमासमा बढेर ३९ करोड ५४ लाख ६३ हजार रुपैयाँ पुगेको छ । पुनर्बिमा कमिसन आय पनि ८ करोड १६ लाख ४३ हजार रुपैयाँबाट बढाएर ९ करोड ११ लाख ८६ हजार रुपैयाँ पुर्याइएको छ । 
कम्पनीले यस अवधिमा बिमा कोष २९.५८% ले बढाएर ५१ करोड ३० लाख ७० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बिमा कोषमा ३९ करोड ५९ लाख ३४ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ करोड ९४ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ। जगेडा कोष गत वर्षको यसै अवधिको तुलनामा १५२.६४% ले धेरै हो। 
साथै, महाविपत्ति जगेडा कोषमा ७ करोड १८ लाख ७० हजार रुपैयाँ छ । प्रभुले यस अवधिसम्ममा ५ करोड १३ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १४ करोड ६४ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: