×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रोग्रेसिभ फाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४००.५८% ले वृद्धि

काठमाडौं – प्रोग्रेसिभ फाइनान्सले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सको खुद नाफा ४००.५८% ले वृद्धि भएको छ । फाइनान्सले   यस अवधिमा खुद नाफा २ करोड ९१ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो नाफा ९८ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा थियो । 
फाइनान्सको खुद ब्याज आम्दानी ११९.६०% ले बढेर ४ करोड १२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ करोड ८७ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा १७९.०१% ले बढेर ८१ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनी १ करोड ३ लाख २७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा वृद्धि भएको छ जसले गर्दा खुद नाफा पनि बढेको देखिन्छ । 
यो तेश्रो त्रैमाससम्ममा फाइनान्सले ८२ करोड ७२ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८८ करोड ४४ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्स चुक्ता पुँजी २३९.०९% ले बढाए ७१ लाख २१ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा १५०१.६५% ले बढोत्तरी गरी ४ करोड २५ लाख ८ हजार रुपैयाँ पुगेको हो ।
फाइनान्सले प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेको प्रोग्रेसिभको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ९७ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: