×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ४९ करोड ९३ लाख ८ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ३ अर्ब ४९ करोड ९३ लाख ८ हजार रुपैयाँ  कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १३.४२% ले बढी हो । गत वर्ष बैंकले ३ अर्ब ८ करोड ५० लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी २५.२९% ले बढेर  ७ अर्ब ३७ करोड ९७ लाख ८१ हजार रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले ६ अर्ब १९ करोड २ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो । साथै, सञ्चालन नाफा पनि १३.४२% ले वृद्धि भएको छ । बैंकको सञ्चालन नाफा पनि ३ अर्व ८८ करोड ९ लाख २० हजार बाट बढेर ४ अर्ब ८६ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । 
यो चैत मसान्तसम्ममा बैंकले १ खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १४ अर्ब ९ करोड ७ लाख ५३ हजार रुपैयाँ जम्मा भएको छ । 
यता बैंकको खराब कर्जा ४.२८% रहेको छ भने प्रतिसेयर आम्दानी २.९४ ले बढेर ३८ रुपैयाँ ८६ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ९२ हजार थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: