×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रत्नराज बज्रचार्यले सनराइज बैंक छोडे, लक्ष्मण रिसालसँग कुरो बिग्रिएपछि ३ बैंकर सीइओ बन्ने दौडमा !

काठमाडौँ – रत्नराज बज्रचार्यले औपचारिक रुपमै सनराइज बैंक छोडेका छन् । बैंकमा आफ्नो एक कार्यकाल सकिएपछि अन्तत: उनले बैंक छोड्ने निर्णय गरेका थिए । मे, २०१५ देखि सनराइज बैंकको सीइओको कमान सम्हालेका बज्रचार्यले आफ्नो ४ बर्षे कार्यकाल सकिएसँगै बैंक छोडेका हुन् । 
बैंकको जागिर छोडेसँगै उनी आफ्नै पूरानो व्यवसायमा फर्कने प्रयास गर्दैछन् । निकै चलेको उनको पूरानो कन्सलटेन्सी म्याक कन्सल्टेन्सीलाई पुन: सुरु गर्न लागेका उनी त्यसपछि सोहि सेवामा निरन्तर रहने योजनामा छन् । यसो त उनी नेपाल बैंकको सीइओ बन्ने दौडमा छन् भन्ने चर्चा पनि चलेको छ ।
यता बैंकमा रत्नराज बज्रचार्यले छोडेपछि बैंकले लक्ष्मण रिसाललाई बैंकको सीइओ बनाउन खोजेको थियो । तर पछिल्लो समय उनीसँग कुरा बिग्रिएपछी बैंकले अनुजमणि तिमिल्सीना, निरज श्रेष्ठ, र जनक शर्मा पौडेलसँग छलफल गरिरहेको छ । यी तिनै जना आ-आफ्ना बैंकबाट बोर्डले हटाउने भएपछि राजिनामा दिएका व्यक्तिहरु हुन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: