×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिलायन्स फाइनान्सको २ वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : रिलायन्स फाइनान्स
लाभांश : १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने
बुक क्लोज : जेठ १३ गतेदेखि जेठ २७ गतेसम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (जेठ १२ गते, आइतबार)
साधारण सभा : जेठ २७ गते 
विवरण :
रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आइतबार (जेठ १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को साधारण सभा एकैपटक जेठ २७ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि रिलायन्सले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।
साधारण सभाका प्रस्ताव : 
आव २०७३।७४ को नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने 
आव २०७४।७५ को लाभांश वापत १२% बोनसपछि कायम हुने चुक्ता पुँजीको २.६३% नगद लाभांश दिने 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने। 
विशेष साधारण सभा हुने स्थान र समय :
लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: