×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगरमाथा इन्स्योरेन्सले गर्यो ८६% बोनस दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

काठमाडौं – सगरमाथा इन्स्योरेन्सले ८६% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति २७१औं बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट ८६% बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ । 
कम्पनीले आर्थिक वर्ष २०७३/७४ को पनि लाभांश दिएको छैन । आव २०७३/७४ र २०७४/७५ समेतको नाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । बोनस वितरणपछि सगरमाथाको चुक्ता पुँजी १ अर्ब १२ लाख २२ हजार ९३४ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक बिमा समितिको स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: