×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२१.५ प्रतिशत ब्याजको लोभमा पर्दा सावाँ पनि स्वाहा, नयाँ सन्देश सहकारीका सञ्चालक २४ करोड लिएर भागे !

काठमाडौँ । बुढानीलकण्ठमा रहेको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएका छन् । बचतकर्ताको करिव २४ करोड रुपैयाँ झ्वाम पारेर उनी फरार भएका हुन् । सहकारीले २१.५ प्रतिशत ब्याज पाइने स्किम ल्याएपछि करिव २ हजार जना बचतकर्ताले करोडौं रुपैयाँ उक्त सहकारीमा राखेका थिए । तर ब्याजको लोभमा बचत गरेका र नियमित बचत गरेका सबैजसोको पैसा फसेको छ । 
यसो त पैसा फसेको सुइँको पाएपछि गत पुस १५ मा वडा नम्बर ५ का अध्यक्ष विजयकुमार तामाङ, सहकारीका अध्यक्ष सानु ठकुरी, पीडीत लगायतको बुढानीलकण्ठस्थित प्रहरी इकाईमा छलफलसमेत भएको थियो । उक्त छलफलका क्रममा सहकारीले ४५ दिनभित्र सबै पैसा फिर्ता गर्ने सम्झौतासमेत भएको थियो । तर तोकिएको समयमा पनि पैसा फिर्ता नभएपछी यो केस अहिले सीआइबी पुगेको छ । 
यसो त केहि महिना उक्त सहकारीले आफुले भनेजति ब्याज पनि दिएको थियो । तर केहि महिनापछी ब्याजको त कुरै बेग्लै भयो, सावाँ पनि खाएर सहकारीका संचालक नै भागे । यतिसम्मकी २१.५ प्रतिशत ब्याज आउने भएपछि धेरै बचतकर्ताले परिवारका सबै सदस्यको नाममा खाता खोलेको पाइएको छ ।
तर सहकारी विभागको फितलो नियमन, र यसरी जनताको पैसा कुम्ल्याउनेलाई समेत कारवाही नहुँदा यस्ता प्रवृतिहरु अझै पनि निरुत्साहित हुन सकेका छैनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: