×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्तले गर्यो प्रगति, खुद नाफा ३०.६१% ले वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सामुदायिक लघुवित्तले गर्यो प्रगति, खुद नाफा ३०.६१% ले वृद्धि

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा गत वर्षको तुलनामा ३०.६१% ले बढेर १ करोड ७९ लाख ५१ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले १ करोड ३७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : १५.१९% र  ३०.६१% ले बढेको छ । गत वर्ष ४ करोड ६५ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानीबाट बढेर ५ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २ करोड १५ लाख ९७ हजार रुपैयाँबाट बढेर २ करोड ८२ लाख ९ हजार रुपैयाँ पुगेको छ । 
यो तेश्रो त्रैमाससम्ममा संस्थाले ३३ करोड ८ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८९ करोड ७५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ३१.६५% ले बढाएर ४ करोड ८९ लाख ५० हजार रुपैयाँ पुर्याएको छ ।
 संस्थाको खराब कर्जा  १.४०% रहेको छ भने प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ९६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: