×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा माई हाइड्रोपावरको खुद नाफा १३.५६% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

काठमाडौं – सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १३.५६% ले वृद्धि भएको छ । कम्पनीको खुद नाफा २० करोड २० लाख ५ हजार ५३० रुपैयाँबाट बढेर २२ करोड ९३ लाख ८१ हजार ७७१ रुपैयाँ पुर्याएको छ ।
सानिमा माई हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी पनि वृद्धि भएको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६.३३% ले बढेर ६० करोड २८ लाख २३ हजार ८८३ रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ५६ करोड ६९ लाख १३ हजार ३६२ रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सेयर पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६९ करोड ६८ लाख ८ हजार ६६८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९७ पैसा रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: