×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सान्जेन र रसुवागढीको आइपीओ दिउँसो ३ बजे बाँडफाँट हुँदै, कसको भागमा कति ?

काठमाडौं – सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओ आज दिउँसो ३ बजे  बाँडफाँट हुने भएको छ । आइपिओ बाँडफाँट कार्यक्रम ऊर्जा मन्त्रालयको सभा हलमा हुने तय भएको छ । उक्त कार्यक्रममा ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन पनि सहभागी हुनेछन् । 
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको हो । यसमध्ये ४% (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५% (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरलाई सर्वसाधारणलाई बिक्री गरिएको हो । सान्जेनका लगानीकर्ताले अधिकतम २० कित्तासम्म सेयर पाउने भएका छन् ।
यता, रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । ३ लाख २ हजार ५३२ जनाले १ अर्ब ७१ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर भरेका छन्। यसले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेकामा ४% (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५% (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: