शिखर इन्सुरेन्सको खुद नाफा ८.४३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं - शिखर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ८.४३% ले वृद्धि गरी ३३ करोड ६२ लाख ४२ हजार रुपैयाँ  कमाएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३१ करोड १ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बिमा शुल्क १.२०% ले बढेर १ अर्ब २४ करोड ३६ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क १ अर्ब २२ करोड ८८ लाख ५९ हजार रुपैयाँ रहेको थियो । पुनर्बिमा कमिशन आय २५ करोड ७७ लाख ६ हजार रुपैयाँबाट बढेर २८ करोड २४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिसम्ममा ७४ करोड १० लाख ७१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ८० करोड ८२ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

यो तेश्रो त्रैमाससम्ममा कम्पनीले बिमा कोष २८.३५% ले बढाएर १ अर्ब १ करोड ९३ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बिमा कोषमा ७९ करोड ४ लाख ३७ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोेड ७३ लाख १० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ९ लाख १३ हजार रुपैयाँ  जम्मा भएको छ ।  साथै, महाविपत्ति जगेडा कोषमा ५ करोड २९ लाख ५७ हजार रुपैयाँ छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसाले बढेर ४२ रुपैयाँ ९९ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा थियो । शिखरको प्रतिसेयर नेटवर्थ भने २४० रुपैयाँ २७ पैसा छ ।

प्रकाशित मिति : Tuesday, May 14, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal