×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सले गर्यो १५.४८% बोनस दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले गर्यो १५.४८% बोनस दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्सले १५.४८% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति १४६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १५.४८% बोनस दिने निर्णय गरेको हो । सिद्धार्थले बोनस सेयर वितरणमा १३ करोड ४० लाख ८१ हजार ६५० रुपैयाँ खर्च गर्नेछ ।
बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजीमा ८६ करोड ५९ लाख १८ हजार ३५० रुपैयाँ रहेको छ। बोनस वितरणपछि सिद्धार्थको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक बिमा समितिको स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: