×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धु विकास बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ९८.७३% ले वृद्धि (विवरणसहित)

काठमाडौं – सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७५/७६ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ९८.७३%ले वृद्धि गरी ३ करोड ६० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सिन्धुले १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी २६.०३% ले बढोत्तरी गरि ९ करोड ३३ लाख १२ हजार रुपैयाँ पुर्याए छ । गत वर्षको यहि अवधिमा बैंकले ७ करोढ ४० लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। साथै, सञ्चालन नाफा पनि ६८.६०% ले वृद्धि भएको छ ।  सञ्चालन नाफा २ करोड ८५ लाख ८ हजार रुपैयाँबाट बढेर ४ करोड ८० लाख ६६ हजार रुपैयाँ पुगेको छ । 
यो तेश्रो त्रैमाससम्ममा बैंकले २ अर्ब १ करोड ९१ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८२ करोड ७३ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड २७ हजार रहेको छ भने जगेडा कोषमा ९ करोड ७१ लाख १७ हजार रुपैयाँ छ ।
यता, बैंकको खराब कर्जा भने खी बढेको छ । बैंकको खराब कर्जा भने ०.५७% ले बढेर १.९३% पुगेको छ ।बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ९ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ४२ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: