×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समिट लघुवित्तको खुद नाफा ४ करोड २८ लाख ३९ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

समिट लघुवित्तको खुद नाफा ४ करोड २८ लाख ३९ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ५०.०७% ले वृद्धि गरी ४ करोड २८ लाख ३९ हजार रुपैयाँ कामएको छ । गत वषको यसै अवधिमा २ करोड ८५ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी ५०.०७%ले बढोत्तरी गरी ११ करोड २५ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ८ करोड १९ लाख १२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । साथै,  सञ्चालन नाफा पनि ३७.३६% ले वृद्धि भएको छ ।  संस्थाको सञ्चालन नाफा ४ करोड ४८ लाख ५८ हजार रुपैयाँबाट बढाएर ६ करोड ७३ लाख १९ हजार रुपैयाँ पुर्याएको छ ।
यो चैत मसान्तसम्ममा संस्थाले ७३ करोड २९ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६० करोड ३४ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ  भने जगेडा कोषमा ८ करोड ८२ लाख ८५ हजार रुपैयाँ जम्मा पारिसकेको छ । 
यता संस्थाको खराब कर्जा १.९५% रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: