×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नालामा सनराइज बैंकले खोल्यो शाखारहित बैंकिङ्ग सेवा, राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठद्वारा उद्घाटन

काठमाडौँ – सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा २९ औँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ उद्घाटन गरे । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर शाखाका प्रवन्धक भीमनारायण श्रेष्ठले हस्तान्तरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: