×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको एकैसाथ ४ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं – सनराइज बैंक लिमिटेडले एकैसाथ ४ वटा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले रुपन्देहीको पर्साहवा र मझौली, महोत्तरीको खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरी शुरू गरेको हो ।
बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त शाखा विस्तार गरेको हो । त्यस्तै, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 
यससँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३३ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: