सनराइज बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १०५ वटै शाखाबाट वीमा सेवा लिन सकिने

काठमाडौं - सनराइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच वीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रकाशित मिति : Monday, May 13, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal