×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वावलम्बन लघुवित्तले गर्यो प्रगति, खुद नाफा २१%ले वृद्धि गरी कमायो २८ करोड ५५ लाख १० हजार रुपैयाँ

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा २१%ले बढेर २८ करोड ५५ लाख १० हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले २३ करोड ५९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २२.९४% र २१.३०% ले बढेको छ । संस्थाको खुद नाफा ७६ करोड ९० लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यसले ६२ करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ३६ करोड ८९ लाख ८३ हजार रुपैयाँबाट  बढेर ४४ करोड ७५ लाख ९४ हजार रुपैयाँ बनाएको छ ।
यो तेश्रो त्रैमाससम्म आउँदा संस्था  ७ अर्ब ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब १३ करोड ४९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष २१.१४% ले बढेर ९८ करोड ७९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको जगेडा कोषमा ८१ करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
यो संस्थाको खराब कर्जा ०.९२% रहेको छ भने प्रति सेयर आम्दानी ६० रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: