टिभी कार्यक्रममा एक करोड रुपैयाँ जितेका राजीव जैनले पाउने छैनन् पूरा रकम, करमात्र २५ लाख काटिन्छ !


काठमाडौँ । को बन्छ करोडपतिमा राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् । उनी यो संस्करणका पहिलो करोडपति हुन् ।  २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्नको उत्तर मिलाएर उनी करोडपति बनेका हुन् । दिइएका ४ अप्सनमध्ये पहिलो अप्सनलाई चुनेका उनले अन्तत: एक करोड रुपैयाँ जितेका हुन् ।एक करोड रुपैयाँ जितिसकेपछि उनी त्यो रकमले विश्व भ्रमणमा जाने इक्षा राखेका छन् । 

तर उनले जितेको पूरै एक करोड रुपैयाँ भने उनले पाउने छैनन् । प्रचलित नियम अनुसार उनले सो रकमको २५ प्रतिशत रकम सरकारलाई कर बुझाउनुपर्नेछ ।
  

प्रकाशित मिति : Sunday, May 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal