×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मिस्टर एण्ड मिस टिन क्यापिटल’को अडिसन हुँदै !

काठमाडौं ।‘मिस्टर एण्ड मिस टिन क्यापिटल’ यहि जेठ १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । सञ्चार क्षेत्रमा स्थापित क्यापिटल मिडिया ग्रुपले आयोजना गर्दै आएको सो प्रतियोगिताको पहिलो अडिसन आगामी शनिबार एभरेष्ट फिल्म एकेडेमी मिनभवन, नयाँबानेश्वरमा हुने भएको हो । 
‘मिस्टर एण्ड मिस टिन क्यापिटल’को लागि हाल आवेदन आउने क्रम चलिरहेको आयोजकले जानकारी दिएको छ । अभिनय, सञ्चार र चलचित्र क्षेत्रमा आउन चाहने किशोर-किशोरीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिताबाट उनीहरुलाई दक्ष, सक्षम, योग्य र व्यवसायिक बनाउने उद्देश्य राखिएको छ ।
प्रतियोगितामा सहभागिले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गर्न सक्ने आयोजकको दाबी छ । प्रतियोगितामा विभिन्न क्षेत्रमा ख्याति प्राप्त प्रशिक्षक र कलाकारले एक महिनासम्म प्रशिक्षण दिने ब्यवस्था मिलाईएको छ । प्रशिक्षणमा प्रतियोगीलाई अभिनय र फेसनसँग सम्बन्धित तालिम, व्यक्तित्व विकास, भाषण कला, फोटोसेसन, स्टेज पर्फमेन्स, विपद् व्यवस्थापन तालिम, जीवन उपयोगी तालिमलगायतका विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिनेछन् ।
प्रतियोगिताको विजेता लगायत अन्य उत्कृष्ट सहभागिलाई सौन्दर्य प्रतियोगिता, चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, फेसन शो, मिडिया प्रोमोशनआदिमाअवसर प्रदान गरिनेछ । प्रतियोगितामा विजयी हुने प्रतिस्पर्धीले नगद पुरस्कारका साथै विभिन्न विषयमा छात्रवृति पाउनको साथैरु. एक ला खबराबरको चलचित्र अध्ययन सम्बन्धी कोर्ष गर्ने अवसर पाउनेछन् । 
मुख्य तीन उपाधिबाहेक प्रतियोगितामा फोटोजेनिक, फ्रेन्डशीप, ट्यालेन्ट, पर्सनालिटी, पब्लिकच्वाइस, वेष्ट वाक, कन्फिडेन्स लगायतका विधामा पनि विजेता चयन गरिनेछ । सहभागिताका लागि कम्तीमा एसएससी वा एसइइलाई न्युनतम शैक्षिक योग्यताको मापदण्ड मानिएको छ । यस प्रतियोगिताको ब्यवस्थापन थ्री डि नेपालले गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: