×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मीदीप पेन्ट्सको गोदाममा भीषण आगलागी, इन्स्योरेन्सको रकम हत्याउन प्रपन्च रचिएको स्थानीयको आरोप !

 वीरगंज
  • अर्थ सरोकार सम्बाददाता 
वीरगंज- समयसमयममा विभिन्न उद्योगमा आगो लाग्छन् । यसरी लागेको आगोले ठुलो क्षति हुन्छ । तर यहिबेला यस्ता आगलागी नियोजित रुपमा हुने गरेको आरोप पनि लाग्दै आएको छ । यस्तै आरोप लागेको छ वीरगंज–११ श्रीपुरस्थित लक्ष्मीदीप पेन्ट्स एन्ड केमिकलका संचालकलाई । 
विद्युत् सर्ट भएर आफ्नो गोदाममा आगलागी भएको बताउने लक्ष्मीदीप पेन्ट्सका सञ्चालक अजय साह यहि आगलागीका कारण ठुलो चिन्तामा छन् । तर पूर्वसांसद विचारी यादवसहितका स्थानीयले यो घटना लापरवाहीले भएको र इन्स्योरेन्सको लोभले यस्ता लापरवाही हुने बताईरहेका छन् । पूर्वसांसद यादवले आफुले प्रशासन, सेना आदिलाई खबर गरेको र मध्यरातसम्म घटनास्थलमा बसेको भएपनि आगलागी हुँदा साह र परिवारका सदस्य खोजीनीति गर्न नआएकाले घटना रहस्यमय भएकोसेमत बताएका छन् । स्थानीयको आरोप यतिसम्म छ कि उत्तर, दक्षिण र पश्चिम गरी गोदामको तीनवटा ढोकामा ताल्चा लगाइएको थियो र वारुणयन्त्र प्रवेशको लागि एकतर्फी ढोका खोल्न आग्रह गर्दासमेत साह साँचो लिन घर गएको तर फिर्ता आएनन् ।
के इन्स्योरेन्सले क्षतिको सबै पैसा तिर्छ ?
तिर्दैन । इन्स्योरेन्स कम्पनीका आ-आफ्नै नियम हुन्छन् । सर्भेयरले त्यसको भ्यालुएसन गर्छ । सामान्यतया क्षति अनुसार भुक्तानी आउंदैन । तर कतिपयले मिलेमतोमै हुँदै नभएको क्षतिकोसमेत मुल्यांकन गरेर भुक्तानी लिएका उदाहरण पनि छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: