×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बन्द अपडेट : देशभरका स्कुल-कलेज र राजमार्ग ठप्प, सार्वजनिक सवारी न्यून !

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले आज जेठ १३ गते नेपाल बन्दको आह्वान गरेको नेपाल बन्दको देशभर प्रभाव देखिएको छ । देशभरका स्कुल कलेजहरु ठप्प भएका छन् भने सार्वाजजनिक सवारीहरु पनि न्यून मात्र चलेका छन् । राजमार्गसमेत ठप्प भएको छ । अघिल्लो दिन ठाउँ-ठाउँमा बम भेटिनु, केहीको मृत्यु हुनुले पनि आजको बन्द बढी प्रभावकारी भएको विश्लेषण गरिएको छ । पार्टीले बन्दको पूर्वसन्ध्यामा सोमबार देशका विभिन्न स्थानमा मशाल जुलूससमेतको समेत आयोजना गरेको थियो भने ठाउँ-ठाउँमा बम राखेको थियो । आफ्ना कार्यकर्तालाइ सरकारी पक्षले हत्या गरेको आरोप लगाउँदै पार्टीले बन्दको आह्वान गरेको हो । 
विहानको माहोल हेर्ने हो भने गाडीहरु चलेका छैनन् । मोफसलमा बन्दको प्रभाव देखिएको राम्रै देखिएको छ । चितवन विहान लगभग ठप्प देखिन्छ । नेपालगंज, भैरहवा, सर्लाही, सिराहा लगायतका ठाउँमा पनि बन्दको प्रभाव परेको हाम्रा स्थानीय सम्बाददाताहरुले जनाएका छन् । विराटनगर, बुटवल, धनगढी, महेन्द्रनगर, रोल्पा, सल्यान, प्यूठान, नेपालगंज, पोखरा, धरानलगायतका ठाउँमा भने बन्दको असर देखिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: